चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 300 of 1152
  • 2026-11-21
  • 23:20:37
  • शनिबार,मंसिर ०६, २०८३

About Author

आजको मौसम पूर्वानुमान: पश्चिमी र स्थानीय वायुको प्रभावले चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ। कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशीका धेरै स्थानहरूमा र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागमा एकदुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

News by आजको मौसम पूर्वानुमान: पश्चिमी र स्थानीय वायुको प्रभावले चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना :