मन्त्री पोखरेलले भने: कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता छिटै हुन्छ - Chaitanya News
  • 2026-04-27
  • 17:12:49
  • सोमबार,बैशाख १४, २०८३
  • मन्त्री पोखरेलले भने: कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता छिटै हुन्छ

    मन्त्री पोखरेलले भने: कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता छिटै हुन्छ

    काठमाडौं– त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुनः भाडा सम्झौता हुने सरकारले स्पष्ट पारेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री सस्मित पोखरेलले आजमात्रै त्रिविका उपकूलपतिसहितका उच्च पदाधिकारीसँग छलफल भएको र भाडा सम्झौता छिटै हुने बताएका हुन्।

    ‘आज बिहान त्रिवि उपकुलपतिसहितको बैठक थियो। सकारात्मक कुरा भएको छ। खाली गराउने हैन। भाडा सम्झौता रिन्यू गर्ने हो। राज्यका यत्रो लगानी भएको छ,’ उनले भने, ‘राज्यकै संरचना हो। लिज पुनः एग्रिमेन्ट चाहिँ गराउनुपर्नेछ।’

    सरकारले थालेको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत ४ वैशाखमै सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको हो।

    त्यही निर्णयअनुसार त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ (क्यान) लाई समेत पत्राचार गरेको छ। त्रिवि र क्यानबीचको करार सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ।