काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशन आगामी बिहीबारदेखि प्रारम्भ हुने भएको छ। प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका हुन्।
यसअघि शनिबार मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख मियाँसँग भेट गरी अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाएका थिए। सोही सिफारिसका आधारमा अधिवेशन बोलाउने निर्णय गरिएको जनाइएको छ।
प्रदेश प्रमुख मियाँले संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्। तय कार्यक्रमअनुसार आगामी १७ गते बिहीबार अपराह्न ४ बजे पहिलो बैठक बस्नेछ।
यसअघि गत चैत २९ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुखले विधेयक अधिवेशन अन्त्य गरेका थिए।