काठमाडौँ– सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धात्मक रूपमा व्यावसायिक कारोबार गर्न सक्ने सार्वजनिक निकायका रूपमा सूचीकृत गर्ने निर्णय गरेको छ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई सार्वजनिक निकायको सूचीमा समावेश गर्दै निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने ढाँचामा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
उनका अनुसार उक्त निर्णयसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।