चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 303 of 1159
  • 2026-11-25
  • 09:31:30
  • बुधबार,मंसिर १०, २०८३

About Author

ट्राफिक कारबाहीमा एकै दिन २१ लाख ७७ हजार राजस्व संकलन

काठमाडौँ– बितेका २४ घण्टामा दुई हजार ३६५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु। २१ लाख ७७ हजार ५०४ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २५८, संकेत बत्ती उल्लंघनकर्ता १५६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७४ जनालाई कारबाही गरिएको हो। यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२३, निषेधित क्षेत्रमा हर्न बजाउने १२८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२४, एकतर्फी सडकमा सवारी चलाउने १६३ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२१ जनालाई कारबाही गरिएको हो।

News by ट्राफिक कारबाहीमा एकै दिन २१ लाख ७७ हजार राजस्व संकलन :