तोमनाथ उप्रेती:
यो समय अनौठो छ। हाम्रो विश्व परिवर्तनको बीचमा छ। राजनीति शान्त छैन। समाज विभाजित छ। विश्वास कमजोर छ। विज्ञानले शक्ति दियो, तर मन शून्य छ। हामीले धेरै पायौँ, तर शान्ति पाएनौँ। मानिसले सफलता पाउन लड्यो, तर जीवनका प्रश्नहरु अझै अनुत्तरित छन्। आज मानिस प्रश्न गर्छ— जीवन किन? उद्देश्य के? अस्तित्वको अर्थ के? यी प्रश्न अब दार्शनिक पुस्तकमै छैनन् यिनीहरू हाम्रो दैनिक जीवनको अनुभूतिमा बदलिएका छन्। हामी संसार हेर्छौँ, तर आफैलाई हेर्न छोड्छौँ। हामी राजनीतिक, आर्थिक र सामाजिक संरचनाहरू बनाइरहेका छौँ, तर हामीलाई नैतिक र आध्यात्मिक स्थिरता छैन। यही स्थिति विश्वलाई अस्थिरता र चिन्तनशील अन्तरालमा राखिरहेको छ।
विश्वको अवस्था यस्ता प्रश्नहरूको प्रतिबिम्ब हो। जब मन एकाग्र हुँदैन, जीवन बिरामी बन्ने खतरा बढ्छ। आज विश्वका मानिसहरू शान्ति खोज्दछन्, तर शान्ति बाहिर होइन भित्र छ। जब मन शान्त हुन्छ, तब बाहिरको संसार पनि शान्त देखिन्छ। मानिसले भावनात्मक शून्यतालाई वैज्ञानिक प्रगति र भौतिक उपलब्धिमा भर पर्न खोजिरहेको छ, तर अन्ततः पत्ता लाग्छ वहाँ शान्ति छैन। प्रेम छैन। स्थिरता छैन।
विश्व अहिले के भोगिरहेको छ, किन भोगिरहेको छ र यसबाट कसरी मुक्त हुन सकिन्छ? यी प्रश्नहरूको उत्तर सरल होइन, तर विश्लेषणात्मक र अनुभवजन्य दृष्टिले प्रस्तुत गर्न सकिन्छ।
राजनीति आज केवल शक्ति खेल होइन यो विश्वासको आधार हो। शक्ति हातमा भयो भने मानिस आकर्षित हुन्छन्, तर विश्वास मनमा हुन्छ। जब विश्वास कमजोर भयो, तब सत्ता पनि कमजोर भइसकेको छ। विश्वका धेरै राष्ट्रहरूमा राजनीतिक ध्रुवीकरण गहिरिएको छ। राजनीति अब दलको प्रतिस्पर्धा होइन यो जीवन दर्शनको द्वन्द्व हो।
आज नेतृत्व धेरै ठाउँमा स्व‑केन्द्रित छ। नेताहरू आफ्नो स्वार्थलाई प्राथमिकता दिन्छन् र जनताको पीडा र आवश्यकतालाई पछाडि राख्छन्। यसले नैतिकता र दर्शनलाई खारेज गरेको छ। नेताहरू परिणाम र उपलब्धिबारे बोल्छन्, तर उत्कृष्टता र कार्यको उद्देश्य बारे सोच्दैनन्। परिणाम मात्र पर्याप्त छैन कार्यको पद्धति र उद्देश्य नै निर्णायक हुन्छ।
राजनीतिक संरचना शक्ति र संसाधनमा निर्भर छैन। यसले मानवीय मूल्य, नैतिकता र न्यायलाई समायोजन गर्नुपर्छ। जब नेता सेवा र दायित्वलाई प्राथमिकता दिन्छन्, त्यसबेला मात्र राजनीति मानवताको पक्षमा जान्छ। तर अहिले धेरै देशमा राजनीति बयान, शक्ति प्रदर्शन र प्रतिद्वन्द्वितामा तय हुन्छ, जसले मनोवैज्ञानिक तनाव र अस्थिरता सिर्जना गर्छ।
राजनीतिक अस्थिरता सरकार परिवर्तनले मात्र हुँदैन यसको मूल कारण मानवीय सम्बन्धहरूको कमजोरी हो। जब मानिसले एक अर्काप्रतिको विश्वास, सम्मान र सहयोग हराउँछन्, त्यसबेला राजनीति केवल बाह्य प्रतिस्पर्धा बनेको हुन्छ। मानिसले शासनलाई व्यवस्थित गर्नुपर्छ तर अहिले शासनले मानिसलाई व्यवस्थित गरेको छैन। यसले सामाजिक विसंगति र द्वन्द्वलाई अझ डोवर बीच बनाएको छ।
राजनीतिक अस्थिरता प्रेम र सहयोगको अभावसँग सम्बन्धित छ। जब समाज भित्र सँगै बस्ने क्षमतालाई कटौती गरिन्छ, त्यसबेला राजनीति स्वतन्त्रताबाट वञ्चित हुन्छ।
आजको समाज विभाजित छ। सांस्कृतिक, आर्थिक, भौगोलिक, भाषिक, जातीय तथा धार्मिक विभाजनहरू बढेका छन्। मानिसहरू साना समूहमा बाँडिएका छन् जसले साझा अनुभव र मानवीय सम्बन्धलाई कमजोर पारेको छ। विभाजनले प्रतिस्पर्धालाई जन्म दिए पनि, यसले सहिष्णुतालाई हराएको छ।
पहिले मानिसहरूलाई समाजले सामान्य अनुभव र साझा लक्ष्य दिएर जोडेका थिए। अहिले सामाजिक यन्त्रहरूले विभाजन उत्पन्न गरेका छन्। मानिसले धेरै कुरा हासिल गरेको देखिन्छ, तर अन्तिममा उसले भित्रको एकता, प्रेम, सहिष्णुता र सम्पर्क गुमाइसकेको छ। समाजले बाह्य उपलब्धिलाई बढी महत्त्व दियो, तर मनको शान्ति र सम्बन्धको गुणवत्ता खोजेन। यसले सामाजिक मौसमलाई अप्रिय र अशान्त बनायो।
विश्वव्यापी सामाजिक समस्या— गरीबी, असमानता, हिंसा, भोक यी सबै समस्याहरु आर्थिक वा राजनीतिक रूपमा समाधान हुँदैनन्। यिनीहरू मानवीय चेतना र मूल्यको अपूर्णताबाट उत्पन्न हुन्छन्। जब मानिसले आफूलाई मात्र हेर्छ, अरूलाई हेर्न छोड्छ। त्यसबेला विभाजन गहिरिन्छ।
समाजले सहानुभूति र आत्मीयता गुमाइदिएको छ। मानिसहरू अरूको पीडामा संवेदनशील छैनन्। सहानुभूति नहुँदा मानिस सुरुमा केवल आफ्नो स्वार्थमा केन्द्रित हुन्छ। यसको प्रभाव परिवारदेखि राष्ट्रसम्म फैलिएको छ। जब सम्म मानिसले सहानुभूति र प्रेमलाई पुनर्स्थापित गर्दैन, समाज स्थिर हुँदैन।
सामाजिक अस्थिरता बाह्य कारणले मात्र हुँदैन यो अन्तरिक तिरबाट आएको छ। मानिसहरू बाह्य उपलब्धिहरूमा दौडिरहेका छन्, तर अन्तर आत्मा र अनुभवलाई महत्वपूर्ण ठान्न छोडेका छन्। यसले जीवनमा सम्पर्क र सम्बन्धको गहिराइ हराएको छ, जसले सामाजिक पीडा र असहजतालाई प्राकृतिक बनाएको छ।
विश्वास आज संसारका धेरै समाजहरूमा कमजोर भएको छ। मानिसले विज्ञानलाई प्राथमिकता दियो र धर्मलाई सांस्कृतिक अभ्यासको रूपमा हेर्न थाल्यो। विज्ञानले शक्ति र सुविधा दियो, तर अन्तरात्माको स्थिरता दियोन। जब मानिसले बाह्य तथ्य र प्रमाणलाई मात्र विश्वासयोग्य मान्छ, तब भित्रको अनुभूति र अनुभव भन्ने कुराको महत्त्व कम हुन्छ।
धर्मले मानिसलाई नैतिकता र जीवनका सिद्धान्त दिएको थियो। तर अहिले धार्मिकता आचार‑व्यवहार र परम्परागत अभ्यासमा सीमित भएको छ। आध्यात्मिकता र मनोवैज्ञानिक अनुभूति भनेको धर्मले मात्र छैन यसको पहुँच सबै मानिसमा छ। तर दुवैलाई भ्रमित रुपमा मिश्रण गर्दा मानिसले वास्तविक अर्थ नसम्झिने अवस्था आउँछ।
आज मानिसले प्रमाण र तर्कलाई विश्वास गर्च, तर भाव र अनुभवलाई विश्वास गर्दैन। यसले विश्वासलाई जटिल बनायो। मानिसले बाहिरी सत्यता खोज्नमा ध्यान केन्द्रित गर्यो, तर आत्मिक सत्यता हरायो। विज्ञानको प्रगतिको साथसाथै मानिसले आफ्ना भावनात्मक र आध्यात्मिक आवश्यकतालाई पनि अन्दाज गर्यो।
विश्वासको क्षयले मानिसलाई अस्थिर र अनिश्चित मनोस्थिति दिएको छ। राजनीतिक र सामाजिक अस्थिरताको जरा नै यही विश्वासको कमीमा बसेको छ।विश्वास धर्म होइन आत्म‑विश्वास, प्रेम र नैतिकता हो। जब यी वस्तु कमजोर पारिन्छन्, तब समाज र राजनीति स्थिर रहिरहन सक्दैन।
आजको मानवलाई सबै कुरा प्राप्त देखिन्छ — शिक्षा, धन, सुविधा, प्रविधि — तर मानिस आन्तरिक शान्ति पाउन सकेको छैन। सफलतालाई खुशी मान्न थालिन्छ, तर खुशी सफलता होइन। खुशी भनेको मनको अवस्था हो; सफलता भनेको बाह्य उपलब्धि हो। जब मानिस बाह्य उपलब्धिलाई प्राथमिकता दिन्छ, तब उसले अन्तर आत्माको शान्ति गुमाउँछ।
जीवनको अर्थ भनेको केवल अस्तित्व होइन। जीवनको उद्देश्य भनेको आत्म‑जागरण, प्रेम, अनुग्रह र अनुभवजन्य सत्यको प्राप्ति हो। मानिस बाहिरी संसारलाई हेर्छ, तर आफैंलाई हेर्न छोड्छ। अन्ततः सबै उत्तर मनको गहिराइ मा पाइन्छ। जब मानिसले आफैंलाई बुझ्छ, तब उनी संसारलाई अर्थपूर्ण तरिकाले बुझ्न सक्छ।
प्रेम सम्बन्धको भाव होइन यो मानव चेतनाको अवस्था हो। प्रेमले मात्र विभाजित मानिसलाई जोड्न सक्छ। राजनीति, समाज, धर्म यी सबै प्रेमको पुर्जा हुन्। जब प्रेम मौलायो, तब राजनीति सकारात्मक ऊर्जा बनेर समाजलाई एउटा दिशा दिन्छ। प्रेमले द्वन्द्वलाई समाधान गर्छ, डरलाई हराउँछ, र विश्वासलाई बलियो बनाउँछ।
आज प्रेम कमजोर छ। मानिसले प्रतिस्पर्धा, स्वार्थ र तुलना बढाएको छ। प्रेमले भावना होइन यो अनुभव र व्यवहार हो। जब जुनसुकै प्रणाली प्रेमलाई आधार मानेर चलाउँछ, तब मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ।
विश्वासले व्यक्ति, समाज र राष्ट्रलाई जोड्छ। जब समाजले विश्वासलाई प्राथमिकता दियो, तब मात्र हामी न्याय, समानता र सहयोग लाई बास्तविक रूपले देख्न सक्छौँ। विश्वास सत्यको प्रस्ताव होइन यो अनुभवको वास्तविकता हो जसले मन र चेतनालाई स्थिर बनाउँछ।
आध्यात्मिकता पूजा वा ध्यान होइन यो मनको चेतनाको उन्नति हो। यो जीवनको अर्थ बुझ्न र अनुभव गर्न मानवलाई सक्षम बनाउँछ। जब मानिस आफूभित्रको शून्यतालाई स्वीकार्छ, तब मात्र यथार्थ अनुभव अगाडि आउँछ। यो आध्यात्मिक दृष्टिकोणले मानिसलाई आत्म‑निर्भर बनाउँछ, उसलाई अन्यप्रतिको सम्मान, दया र प्रेमको अनुभूति दिन्छ।
हाम्रो विश्व अहिले अस्थिर छ। राजनीति विभाजित, समाज टुक्रिएको, विश्वास क्षीण। तर फेरि नयाँ अवसरहरू पनि देखिन्छन्। प्रेम, नैतिकता र आध्यात्मिक चेतनाले मात्र मानवीय पीडा, द्वन्द्व र विभाजनलाई हराउन सक्छ। जब यी अवधारणाहरूलाई प्राथमिकता दिइनेछ, तब मात्रै वास्तविक शान्ति र स्थिरता सम्भव हुनेछ।
विश्वास, प्रेम र अनुभव यी तीनवटा आधारलाई पुनः जगाएर मात्र हामी यहाँ र अहिलेको डोवर बीचलाई पार गर्न सक्छौँ।