काठमाडौँ– संघीय सरकारअन्तर्गत मन्त्रालयहरूको संख्या १८ वटा कायम गरिने भएको छ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ वटा मन्त्रालय रहेकोमा सरकारले कार्यविभाजन नियमावलीमार्फत मन्त्रालयको संख्या घटाएर १८ मा झारेको हो।
बुधबार९आज० बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय मात्रै रहनेछन्।
प्रशासन सिंहदरबार विशेष ब्युरोका अनुसार सम्भवत आजै राजपत्रमा प्रकाशित गर्ने तयारी गरिएको छ।