विपक्षी सांसदहरुले मागे संसदमा प्रधानमन्त्रीको राजीनामा - Chaitanya News
  • 2026-09-27
  • 20:54:23
  • आइतबार,आश्विन ११, २०८३
  • विपक्षी सांसदहरुले मागे संसदमा प्रधानमन्त्रीको राजीनामा

    विपक्षी सांसदहरुले मागे संसदमा प्रधानमन्त्रीको राजीनामा

    काठमाडौँ– प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरिएको छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेनको राजीनामा माग गरेका हुन्।

    आजको छलफलमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालले अनुमति दिएका थिए।

    योसँगै संसदका सबै विपक्षी दलहरू उठेर विरोध गरेका हुन्।