आज प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने - Chaitanya News
  • 2026-05-14
  • 10:35:10
  • बिहिबार,बैशाख ३१, २०८३
  • आज प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

    आज प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

    काठमाडौँ– आज (बिहीबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो ११ बजे बस्नेछ।

    आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए।

    सदनको बुधवारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ। चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेटसमेत प्रस्तुत हुनेछ।

    त्यसैगरी, राष्ट्रिय सभाको बैठक पनि ११ः१५ बजे बस्दै छ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ।