चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 135 of 1166
  • 2026-11-29
  • 11:21:21
  • आइतबार,मंसिर १४, २०८३

About Author

टप एन्ड टी–२० सिरिजमा एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

काठमाडौँ– आज (शुक्रबार) नेपाल ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियाको टप एन्ड टी– २० सिरिजमा पहिलो खेल खेल्दैछ। नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्न लागेको हो। नेपाल दोस्रोपटक टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो। गत संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो। जहाँ नेपालले लिग चरणको छमध्ये चारमा हार तथा दुई खेलमा मात्र जित निकालेको थियो। लिग चरण पार गर्ने लक्ष्य यसपटक नेपाल ‘ए’ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरण पुग्ने लक्ष्य लिएको छ। सोही कारण नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर टोलीका केही महत्त्वपूर्ण खेलाडीलाई अष्ट्रेलिया पठाएको छ। क्यानले कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, गुलशनकुमार झाजस्ता सिनियर टोलीका लागि पटकपटक खेलिसकेका खेलाडी ‘ए’ टोलीमा समावेश छन्। उनीहरूमध्ये अधिकांश खेलाडीले गत संस्करणको टप एन्ड टी–२० सिरिज पनि खेलेका थिए। एनटी स्ट्राइकविरुद्ध नेपालले दोस्रोपटक खेल्न लागेको हो । गत सिजनमा भएको त्यस खेलमा एनटी स्ट्राइकविरुद्ध नेपाल ४२ रनले पराजित भएको थियो। यसपालि नेपाल ‘ए’ सामु त्यो प्रदर्शनमा सुधार गर्ने मौका छ। आजको खेल अपराह्न २ः१५ बजेदेखि डार्विनस्थित मरारा क्रिकेट मैदानमा सुरु हुनेछ।

News by टप एन्ड टी–२० सिरिजमा एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल :