राष्ट्र बैंकका गभर्नरको पदावधि घट्यो - Chaitanya News
  • 2026-08-20
  • 16:01:13
  • बिहिबार,भाद्र ०४, २०८३
  • राष्ट्र बैंकका गभर्नरको पदावधि घट्यो

    राष्ट्र बैंकका गभर्नरको पदावधि घट्यो

    काठमाडौँ–अर्थ समितिले गभर्नरको पदावधि घटाएको छ। नेपाल राष्ट्र बैंक ऐन संशोधनका लागि दफावार छलफलमा रहेको उक्त विधेयकमा गभर्नरको पदावधि घटाएर ३ वर्ष कायम गर्ने निर्णय भएको हो।

    यसअघि गभर्नरको पदावधि ५ वर्षको थियो। संशोधित विधेयकमा पदावधि ३ वर्षको हुने तर सरकारले चाहेमा २ वर्षका लागि निरन्तरता दिन सक्ने व्यवस्था गर्ने निर्णय भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिए।

    उक्त निर्णय समितिबाट सर्वसम्मत रूपमा भएको समेत अर्यालले जानकारी दिए।