चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 579 of 1152
  • 2026-11-22
  • 04:45:28
  • शनिबार,मंसिर ०६, २०८३

About Author

तपाँईको आजको राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज शुभ समाचार सुन्न पाइनेछ। मित्रबाट विशेष सहयोग मिल्न सक्छ। अप्ठ्यारो र जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा आज सामाजिक क्षेत्रमा हातहरू अघि बढ्ने छन्। आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ। पुनर्मिलनको योग पनि रहेको छ। सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। धार्मिक कार्यमा मन जानेछ। नयाँ योजना बन्ने छ, तर स्वास्थ्यप्रति सजग रहनु पर्छ। तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते आज स्थान परिवर्तनका विशेष योग देखिन्छन्। अरुको मन जित्न सकिने छ। शुभ कार्यको चर्चा चल्ने छ र सन्तान सुख पनि मिल्ने छ। धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे आज मन प्रसन्न रहने र स्वादिष्ट भोजन पाइनेछ। आम्दानी बढाउने योजना गर्न सकिने छ। राजनैतिक कार्यमा बढी सफलता मिल्ला। कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा धर्म, कर्म र सामाजिक कार्यमा मन जानेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ। वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। जोश, जाँगर र हिम्मत बढ्ला। बन्धु बान्धवबाट सहयोग मिल्ने छ। कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। स्वास्थ्यमा धन खर्च हुनेछ। शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ। कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज मनोरञ्जन पूर्ण दिन रहनेछ। रोकिएको काम पुनः प्रयत्न गर्दा फाइदा हुनेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्। वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्ने छ। शैक्षिक क्षेत्र कमजोर नै रहला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि आँटेको र ताकेको कार्य अघि बढ्ने छ । पारिवारिक सहयोग र सद्भाव बढ्ने छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ। मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज धन हानी हुनसक्छ। शेयर बजारले पनि साथ नदेला आहार विहारमा सावधानी अपनाउनु पर्नेछ, तर साँझमा धन खर्च भने रहला।