तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 10:10:37
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    स्वादिष्ट भोजन मिल्ने छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। साथीभाइसँग समय बित्ने छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। मनमा दुबिधा पनि उत्पन्न रहला।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    स्वादिष्ट खानपिन खान पाइएला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ। नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्ने छ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आज मालसामान हराउन सक्छ। सहकर्मीबाट विरोध आउला। गलत निर्णय लिन पुगिएला। चोट पटकको भय पनि छ, सचेत रहनुहोला।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    नसोचेको ठाउँबाट धनागम हुनेछ। घर परिवारसँग समय व्यतीत हुनेछ। मनोरञ्जनमा पूर्वक दिन बित्ने छ। बिना प्रतिस्पर्धा फाइदा हुने योग छ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ। साझेदारीको काममा उल्झन आउने छ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    महत्वपूर्ण कामको थालनी हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। समाजसेवामा मन लाग्ला। शिक्षामा सामान्य सफलता मिल्ने छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज महिला वर्गबाट विशेष सहयोग मिल्ने छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। आफन्तसँग भेटघाट पनि पाइनेछ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    ठीक समयमा सही निर्णय लिन सकिनेछ। भ्रमणमा रुचि बढ्ने छ। सामाजिक कार्य अघि बढ्ने छ। कृषि कारोबारमा सफलता मिल्ने छ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    राजनैतिक कार्यमा सफलता मिल्ने छ। सांगीतिक क्षेत्रमा रुचि र विपरीत वर्गप्रति आकर्षण बढ्ने छ, तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिने छ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्ने छ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्ने छ। शुभकार्यको चर्चा चल्ने छ।