तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 11:48:56
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज विद्या र बुद्धिमा ह्रास हुनसक्छ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्ने छ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ। साँझपख शुभ समाचार आउन सक्छ। लगनशीलताले कामहरू अगाडि बढ्ने छन्।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज लाभ–हानी, आय–व्यय र सुख–दुःख बराबरी मध्यम खालको दिन छ। विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ। वैदेशिक कार्य राम्रै हुनेछ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज कुनै समाचारले मनमा शान्ति छाउनेछ। आम्दानी बढाउने कामको योजना गर्न सकिने छ। राजनैतिक कार्यमा सफलता मिल्ने छ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आज मनोरञ्जन पूर्ण दिन रहनेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    इच्छा र आकांक्षा पूर्ण हुनेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज धर्म, कर्म र सामाजिक कार्यमा मन जानेछ। साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ। काम देखाएर अरूको मन लोभ्याउन सकिने छ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    सहयोगी हातहरू अघि बढ्ने छन्। आफन्तको प्रगतिमा मन रमाउनेछ। व्यापार व्यवसाय सामान्य होला। पुनर्मिलनको योग पनि रहेको छ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। जोशजाँगर र हिम्मत बढ्ला। बन्धु बान्धवबाट सहयोग मिल्ने छ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आँटेको र ताकेको कार्य अघि बढ्ने छ। पारिवारिक सहयोग र सद्भाव बढ्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।