तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-19
  • 13:11:38
  • बिहिबार,मंसिर ०४, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ। सौन्दर्यतामा धन खर्च हुनेछ, तर हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउने छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज रोकिएको अधुरो कार्यले पूर्णता पाउने छ। शुभकार्यको चर्चा चल्ने छ। प्रेमीको सहयोग प्राप्त हुनेछ। परिवारमा सुख सन्तोष छाउनेछ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज गरेको कार्यमा अवरोध आउला। कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिने छ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    नसोचेको ठाउँबाट धन हात पर्नसक्छ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। शुभकार्यको चर्चा पनि चल्ने छ, तर मालसामान हराउन सक्छ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आफन्त तथा अग्रजहरूसँग विवाद बढ्न सक्छ। स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्न सक्छ, तर प्रेमीको साथ पाइनेछ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    घरमा अतिथिको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्ने छ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    अरूलाई प्रभावित पारेर काम बन्ने छ। आयआर्जनका क्षेत्रमा सुधार आउने छ। नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। कला र गलाको प्रभाव बढ्ने छ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। मनोरञ्जन पनि होला।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज आकस्मिक धनलाभ हुनेछ। महिला वर्गबाट सहयोग मिल्ने छ। कूटनीतिक नियोगको सहयोग मिल्ला। पारिवारिक सद्भाव पनि बढ्ने छ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    न्यायिक कार्यमा सफलता मिल्ने छ। आँटेको र ताकेको कार्य पुरा होला। आफन्तको प्रगतिमा मन रमाउने छ। नयाँ कार्यको योजना बन्ने छ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। सवारी साधनको खरिद बिक्री हुने योग छ। लगनशीलताले कामहरू अगाडि बढ्ने छन्।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज शुभ समाचार सुन्न पाइएला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ। कला र गलाको प्रभाव बढ्ने छ। वैदेशिक कार्य पनि अघि बढ्ने छ।