मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज सामाजिक सेवा गर्ने अवसरले मान प्रतिष्ठा बढाउने छ। कार्य सम्पादनमा सहजता मिल्ने छ। नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। माया प्रेममा एकोहोरो माया प्रेमले सताउन सक्छ। आर्थिक कारोबारमा विवाद पनि आउला।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ। गृह कार्यमा मन पनि जानेछ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला। स्वास्थ्यप्रति सचेत रहनुहोला। साँझमा पैसा खर्च हुने योग पनि छ।
धनु – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। मनमा सहयोग भाव आउला। कुनै कुराले मनमा प्रसन्नता पनि छाउने छ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। खानपिनप्रति हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्ने छ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज पारिवारिक भेटघाटमा रमाउनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ। परिवार वा जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्ने छ। पेसा र व्यवसायबाट लाभ हुनेछ अतः धन प्राप्त हुनेछ। कसैकसैका लागि सन्तान सुखको योग छ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ। बन्धुबान्धवबाट सहयोग मिल्ने छ। स्वादिष्ट खानपिनको योग पनि रहेको छ।