काठमाडौं– नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षको जिम्मेवारी तुलसीप्रसाद घिमिरेले पाएका छन्। उनलाई १ भदौको उपप्रधानमन्त्री एवं अर्थमन्त्री स्तरको निर्णय अनुसार अध्यक्ष नियुक्त गरिएको हो। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमा एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका थिए। उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संशाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धान लगायत विभागमा काम गरेका थिए।


