काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेट भएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।