राष्ट्रिय सभा बैठकमा राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस - Chaitanya News
  • 2026-11-21
  • 20:29:02
  • शनिबार,मंसिर ०६, २०८३
  • राष्ट्रिय सभा बैठकमा राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रिय सभा बैठकमा राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ– राष्ट्रिय सभा बैठकमा ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन पेस भएको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन पेस गरे।

    बैठकमा राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले ‘सात वटै प्रदेश स्तरमा आयोजित निर्वाचन मण्डलसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ टेबल गरे। राष्ट्रिय सभाद्वारा २०८२ जेठ ११ र १२ गते सातै प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितको निर्वाचन मण्डलको बैठकमा समावेशी प्रतिनिधित्व, व्यवस्थापकीयरुपमा समन्वयात्मक, सहकार्य र सहअत्विका आधारमा छलफल भएको थियो।

    समन्वय बैठकले राष्ट्रिय सभालाई कानुन बनाउने मात्र नभई प्रदेश र स्थानीय तहको आवाजलाई सङ्घीय सरकारसम्म पुर्‍याउने यन्त्रको रूपमा हेरेको उनले जानकारी दिए। सचिव अर्यालले सातै प्रदेशका सुझावलाई लिएर प्रतिवेदन तयार गरिएको जानकारी दिए।

    संघीयता कार्यान्वयन र सबलीकरणका लागि यो बैठकले महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा यसले आगामी दिनमा कानुन निर्माणमासमेत सहज हुने सचिव अर्यालले जानकारी दिए। राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ ३ गते १ः१५ बजे बस्नेछ।