नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त - Chaitanya News
  • 2026-11-21
  • 20:28:56
  • शनिबार,मंसिर ०६, २०८३
  • नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त

    नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त

    काठमाडौं– नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षको जिम्मेवारी तुलसीप्रसाद घिमिरेले पाएका छन्।

    उनलाई १ भदौको उपप्रधानमन्त्री एवं अर्थमन्त्री स्तरको निर्णय अनुसार अध्यक्ष नियुक्त गरिएको हो। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमा एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका थिए।

    उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संशाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धान लगायत विभागमा काम गरेका थिए।