चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1080 of 1101
  • 2026-10-05
  • 12:43:48
  • सोमबार,आश्विन १९, २०८३

About Author

एक–दुई दिनमा सिट बाँडफाँट टुंगो लाग्छ : देव गुरुङ

काठमाडौं– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले २०७४ सालको निर्वाचनमा दलको पोजिसनुलाई आधार मानेर आगामी निर्वाचनमा सिट बाँडफाँट प्रकृया अघि बढ्ने बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा महासचिव गुरुङले विगतमा दलको पोजिसनु लाई ध्यान दिएर सिट बाँडफाँट हुने बताएका हुन्। उनले भने, दलहरुको बीचमा दलहरुको पोजिसनलाई मध्येनजर गरिन्छ। दलहरुकोुपोजिसनुलाई ध्यानमा राखेर अघि बढ्ने हुन्छ। त्यहि अवस्थामा सिट विभाजन हुन्छ भन्नेछ। संख्याको बारेमा टुंगिएको छैन। सहकार्यमा जाँदा संवेदनशिलतालाई ध्यान दिइने उनको भनाइ छ। गुरुङले भने,चुनावमा टिकटको सन्दर्भमा सामान्य मापदण्ड के हो भने पार्टीमा कृयाशीलता र खटिएकालाई ध्यान दिनुपर्छ भन्ने हो। समावेशीलाई प्राथमिकता दिने भन्नेछ। निरपेक्ष रुपमा दोहोर्‍याउनु हुँदैन भन्नेछैन। आवश्यकतालाई पनि ध्यान दिनुपर्‍यो। उनले आगामी निर्वाचनमा सिट बाँडफाँटबारे दलहरुबीच तीव्र छलफल भइरहेको बताए। उनले भने, सिट बाँडफाँटबारे एक दुई दिनभित्रै टुंगो लाग्छ। टुंगो नलाग्दासम्म भन्ने अवस्था छैन। मुख्यत विगतको चुनावमा दलहरुको अवस्था आधार मानेर सिट बाँडफाँटको संख्या टुंग्याउँछौं।  

News by एक–दुई दिनमा सिट बाँडफाँट टुंगो लाग्छ : देव गुरुङ :