काठमाडौं– नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी निर्वाचनमा नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद चौधरीले आफूले टेकेको माटोको समृद्धिको मूल फुटाउने प्रतिबद्धता जनाएका छन्।
सामाजिक सञ्जाल फेशबुकमा आफ्नो धारणा राख्दै चौधरीले जनताको सुख–दुःखमा हातेमालो गर्दै भोलि उदाउने घामका नौला किरण धर्तीमा ठोकिनु अघिनै देशको मुहार फेर्ने आफ्नो धोको रहेको सुनाएका छन्।
विनोद चौधरीको उम्मेदवारीले नवलपरासी पश्चिम–१ का जनतामा खुशियाली, विश्वास खेर जान दिने प्रण
उनले लेखेका छन्
जिन्दगीको कालखण्डमा मैले देखेका भोगेका र हाँसिल गरेका उपलब्धिहरु सजिला थिएनन्
दिन रातको मेहनत , लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उदेश्य र लक्ष्य प्राप्त गरे
जुन देशको पानी पिँए
जुन देशको माटोमा टेकेर म उभिँए
जुन देशको शितल हावा पिएर म बाचेँ
आज म त्यहीँ देशको ऋणि बन्न पुगेको छु,
पिँएको पानीको मुल्य चुकाउनु छ
टेकेको माटोमा समृद्धिको मुल फुटाउनु छ
बिकास र समृद्धिको बतास देश भर वहाउनु छ,
आज म जुन धरातलमा उभिँएको छु
उहीँ धरातलमा आफ्ना जनतालाई सगैँ उभाउनु छ
जनताको सुख दुखमा हातेमालो गर्दै
भोलि उदाँउने घामका नौला किरण धर्तीमा
ठोकिनु अघिनै देशको मुहार फेर्नु छ