प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रधानमन्त्री : देउवा निर्देशन - Chaitanya News
  • 2026-04-25
  • 05:08:33
  • शुक्रबार,बैशाख ११, २०८३
  • प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रधानमन्त्री : देउवा निर्देशन

    प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रधानमन्त्री : देउवा निर्देशन

    काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन्। सम्बन्धित समाचारदिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सोमबार ६७औँ प्रहरी उनले सूचना प्रविधिलाई समायानुकूल परिवर्तन गरी अघि बढ्न सकेमात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने बताए।

    उनले नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, स्रोत(साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए।

    देउवाले भने, ‘सूचना प्रविधिलाई समायानुकूल परिवर्तन गरी अघि बढ्न सकेमात्रै कुनै पनि संगठनको प्रभावकारिता हुन्छ र अपेक्षित परिणाम हासिल हुनेछ। प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिन चाहन्छु। नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, स्रोत( साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध छ। नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकुल सुधार गरी जान आवश्यक छ। यसका लागि आवश्यक योजना अघि बढाउन गृहमन्त्रालयलाई पनि निर्देशन दिन्छु। आगामी निर्वाचन शान्तिपूर्ण रूपमा गराउने बारेमा नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हुनेछ। स्थानीय निर्वाचनमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य छ। आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन, निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न गराउनुहुनेछ भन्नेमा म विश्वस्त छु।’

    प्रधानमन्त्री देउवाले प्रहरी प्रशासनले हरेक समय नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रहरी प्रशासनलाई धन्यवाद पनि व्यक्त गरे।