लिम्बूवान नेता वीर नेम्बाङ,भन्छन् : लिम्बूवान जातीय होइन, भूगोलको मुद्दा हो - Chaitanya News
  • 2026-04-25
  • 06:37:01
  • शनिबार,बैशाख १२, २०८३
  • लिम्बूवान नेता वीर नेम्बाङ,भन्छन् : लिम्बूवान जातीय होइन, भूगोलको मुद्दा हो

    लिम्बूवान नेता वीर नेम्बाङ,भन्छन् : लिम्बूवान जातीय होइन, भूगोलको मुद्दा हो

    इलाम — संघीय लिम्बूवान पार्टी, नेपालसम्बद्ध र लिम्बूवान पहिचानको अभियानका सर्वमान्य नेता मानिने वीर नेम्बाङ (६५) बौद्धिक र प्राज्ञिक तहमा पनि चिनिएका अगुवा हुन्। मूल रुपमा पाँचथर, याम्बोङबासी नेम्बाङ हाल सूचना(सम्पर्कका निम्ति इलाम, विब्ल्याकोटमा बसोबास गर्छन्।

    सबै जातजातीबीच सद्भाव जरुरी रहने र द्वन्द्वले जाती वा भूगोलको विकास सम्भव नहुने धारणामा अडिग नेम्बाङले आफ्नो सरोकारको मुद्दामा लिम्बू तथा नेपाली भाषामा दर्जनभन्दा बढी पुस्तक लेखेका छन्।

    ‘लिम्बूवान भनेको जाती होइन, यो भूगोलको मुद्दा हो,’ नेम्बाङले ईकान्तिपुरसँगको कुराकानीमा भने‚ ‘लिम्बूवानमा जातको होइन, कानुनको अधिकार छ भन्ने बुझाइ सबै तहमा पुग्न बाँकी छ।’