साधन स्रोतका हिसाबले कर्णाली प्रदेशमा प्रहरी कमजोर छ : मन्त्री शाही - Chaitanya News
  • 2026-04-23
  • 16:05:29
  • बिहिबार,बैशाख १०, २०८३
  • साधन स्रोतका हिसाबले कर्णाली प्रदेशमा प्रहरी कमजोर छ : मन्त्री शाही

    साधन स्रोतका हिसाबले कर्णाली प्रदेशमा प्रहरी कमजोर छ : मन्त्री शाही

    दैलेख– कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले कर्णाली प्रदेशमा साधन स्रोतका हिसाबले प्रहरी कमजोर रहेको बताएका छन्।

    ६७ औँ प्रहरी दिवसको अवसरमा दैलेखमा आयोजित कार्यक्रममा मन्त्री शाहीले कर्णालीमा प्रहरीले सीमित साधन स्रोतकै भरमा प्रभावकारी काम गरेको उल्लेख गरेका छन्।

    ‘कर्णालीमा प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउनुपर्छ,’ मन्त्री शाहीले भने ‘थुप्रै प्रहरी विटलाई स्थायी बनाउनु आवश्यक छ, तीनलाई प्रभावकारी बनाउन स्रोत, साधन सम्पन्न बनाउनु छ।’

    मन्त्री शाहीले प्रहरीसँगै प्रयाप्त स्रोत साधन नै छैन्, कसरी काम गर्ने भन्दै प्रश्न गरे।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समाजमा सुरक्षा चुनौती बढिरहेको बताउँदै प्रहरी थप सचेत, सबल र सक्षम हुनुपर्नेमा जोड दिए । प्रहरीले व्यवसायीकता प्रर्दशन गर्नुपर्ने उनको भनाइ।