काठमाडौं १ मा सबैको ध्यान हुँदो रहेछ : प्रकाशमान सिंह - Chaitanya News
  • 2026-04-25
  • 06:36:39
  • शनिबार,बैशाख १२, २०८३
  • काठमाडौं १ मा सबैको ध्यान हुँदो रहेछ : प्रकाशमान सिंह

    काठमाडौं १ मा सबैको ध्यान हुँदो रहेछ : प्रकाशमान सिंह

     काठमडौं – काठमडौं १ मा कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं १ का मतदाता जागरुक र सचेत भएकाले सबैको ध्यान यसै क्षेत्रमा केन्द्रित भएको बताएका छन्।

    सोमबार पत्रकार भेटघाट कार्यक्रममा उनले यो क्षेत्रबाट आफूले ह्याट्रिक जित निकालेर लालकिल्लालाई कांग्रेसको किल्ला बनाएको बताए। उनले यो क्षेत्रबाट जित्नेले मुलुकको धेरै ठाउँमा नेतृत्व पनि गरिसकेको बताए।

    उनले यो क्षेत्रका मतदाताले आफूमाथि विश्वास गरेको भन्दै मतदातको विश्वास नतोड्ने प्रतिबद्धता गरे। उनले यो क्षेत्रमा आफूले धेरै काम गरेको उल्लेख गर्दै बाँकी काम पूरा गर्न फेरि उम्मेदवार बनेको बताए। उनले आफूलाई उपप्रधानमन्त्री बनाएर कांग्रेसले यो क्षेत्रका मतदातालाई सम्मान गरेको पनि जिकिर गरे।

    नेता सिंहले संविधान कार्यान्वयनको काम बाँकी नै रहेको भन्दै त्यसका लागि गठबन्धन बनेको बताए ।