चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1105 of 1152
  • 2026-11-21
  • 18:26:41
  • शनिबार,मंसिर ०६, २०८३

About Author

चार दिने भ्रमण सकेर चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फिर्ता

काठमाण्डौ– नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फर्केका छन। बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सभामुख अग्निप्रसाद सापकोटाले बिदाइ गरे। ली गएको सोमवार दिउँसो नेपाल भ्रमणमा आएका थिए। उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। त्यही दिन सभामुख सापकोटा र लीबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। भ्रमणका क्रममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पराराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरे। ६७ जनाको टोलीको नेतृत्व गर्दै नेपाल आएका जनकंग्रेसका अध्यक्ष लीले हिजो बिहान भक्तपुर दरबार स्वायरको पनि अवलोकन गरेका थिए।

News by चार दिने भ्रमण सकेर चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फिर्ता :