महारानी एलिजाबेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री डा. नारायणका खड्का बेलायत जाने - Chaitanya News
  • 2026-04-18
  • 12:56:14
  • शनिबार,बैशाख ०५, २०८३
  • महारानी एलिजाबेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री डा. नारायणका खड्का बेलायत जाने

    महारानी एलिजाबेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री डा. नारायणका खड्का बेलायत जाने

    काठमाडौं– परराष्ट्रमन्त्री डा. नारायणका खड्का बेलायत जाने भएका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन उनी बेलायत जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    भदौ २३ गते निधन भएको महारानी एलिजाबेथको अन्तयेष्टि असोज ३ गते हुँदैछ। सोही समारोहमा परराष्ट्रमन्त्री खड्का सहभागी जनाउने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

    मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले त्यसका लागि आन्तरिक तयारी भइरहेको बताइन्। एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने सम्बन्धमा आन्तरिक तयारी भइरहेको छ, उनले भनिन्।