चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 9 of 1151
  • 2026-11-20
  • 11:27:42
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

भारत, चीन र इजरायलका लागि राजदूतहरूले गरे पद तथा गोपनीयताको शपथ

काठमाडौँ– भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीनै जना राजदूतले शपथ ग्रहण गरेका हुन् । शपथ लिनेमा भारतका लागि डा. निश्चलराज पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेश कर्ण रहेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले राजदूतमा नियुक्त गरेका थिए । सरकारले १३ जना राजदूतको नाम सिफारिस गरे पनि संसदीय सुनुवाइ समितिले १० जनाको मात्रै नाम अनुमोदन गरेको थियो । समितिबाट अनुमोदित नाम सम्बन्धित मुलुकमा सहमतिका लागि पठाइएकोमा अग्रिमो प्राप्त भएका तीन जना राजदूतले सोमबार शपथ लिएका हुन् ।

News by भारत, चीन र इजरायलका लागि राजदूतहरूले गरे पद तथा गोपनीयताको शपथ :