चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 310 of 1162
  • 2026-11-26
  • 14:34:02
  • बिहिबार,मंसिर ११, २०८३

About Author

भूमि मन्त्रालयका सबै कार्यक्रम अब कार्यालयबाटै संरचनामा गर्नुपर्ने

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने जनाएको छ। मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखाले सोमबार सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन निर्देशन दिएको हो। महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनारलगायत कार्यक्रम होटेल तथा रिसोर्टमा सञ्चालन नगरी आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभाकक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्नेछ।

News by भूमि मन्त्रालयका सबै कार्यक्रम अब कार्यालयबाटै संरचनामा गर्नुपर्ने :