भूमि मन्त्रालयका सबै कार्यक्रम अब कार्यालयबाटै संरचनामा गर्नुपर्ने - Chaitanya News
  • 2026-04-28
  • 10:15:30
  • मंगलबार,बैशाख १५, २०८३
  • भूमि मन्त्रालयका सबै कार्यक्रम अब कार्यालयबाटै संरचनामा गर्नुपर्ने

    भूमि मन्त्रालयका सबै कार्यक्रम अब कार्यालयबाटै संरचनामा गर्नुपर्ने

    काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने जनाएको छ।

    मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखाले सोमबार सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन निर्देशन दिएको हो।

    महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनारलगायत कार्यक्रम होटेल तथा रिसोर्टमा सञ्चालन नगरी आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभाकक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्नेछ।