काठमाडौँ– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गरेका छन्।
आज (शुक्रबार) मन्त्रीले पुनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका हुन्।
“देशलाई समृद्ध बनाउन नगरी नहुने महत्त्वपूर्ण कदम हाम्रो मन्त्रालयले चाल्ने छ ।’’, उनले भनेका छन्, “ देशको विकास तथा अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने–गराउने भन्ने संस्कार संघीय, प्रदेश र स्थानीय सरकारसहित आम नेपाली जनतालाई सिकाउन निरन्तर लागिरहनेछु।’’