कांग्रेसको प्रश्नः सुधनबारेको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ? - Chaitanya News
  • 2026-06-12
  • 14:35:31
  • शुक्रबार,जेठ २९, २०८३
  • कांग्रेसको प्रश्नः सुधनबारेको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?

    कांग्रेसको प्रश्नः सुधनबारेको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?

    काठमाडौं– नेपाली कांग्रेसले सुधन गुरुङबारेको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्दै सरकारलाई प्रश्न गरेको छ।

    आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा पार्टीका तर्फबाट बोल्दै कांग्रेसका भरत खड्काले सुधन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यानाकर्षण गरेका हुन्।

    सुधन गुरुङको सम्पति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयरबारे प्रश्न उठेको थियो। त्यसमाथि छानबिन गर्न सरकारले समिति नै बनाएको थियो। समितिले प्रतिवेदन बुझाएको एक साता भयो । तर सार्वजनिक भएको छैन।

    समितिको प्रतिवेदन आएपछि पुनस् सुधन गुरुङ गृहमन्त्री भएका छन्। तर, उनीमाथिको छानबिन प्रतिवेदन भने सार्वजनिक भएको छैन।