सरकारलाई हर्क साम्पाङको प्रश्नः सुस्तामा भारतीय बलले नेपालीमाथि हप्कीदप्की गर्‍यो, रक्षा मन्त्री कहाँ छन् ? - Chaitanya News
  • 2026-06-12
  • 14:13:23
  • शुक्रबार,जेठ २९, २०८३
  • सरकारलाई हर्क साम्पाङको प्रश्नः सुस्तामा भारतीय बलले नेपालीमाथि हप्कीदप्की गर्‍यो, रक्षा मन्त्री कहाँ छन् ?

    सरकारलाई हर्क साम्पाङको प्रश्नः सुस्तामा भारतीय बलले नेपालीमाथि हप्कीदप्की गर्‍यो, रक्षा मन्त्री कहाँ छन् ?

    काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन्।

    आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले ‘यस बेला नेपालका रक्षा मन्त्री कहाँ छन् ?’ प्रश्न गरेका छन्।

    ‘प्रधानमन्त्रीज्यू आउनुहुन्न। अब रक्षा मन्त्रीलाई बोलाइदिनुस्। सभामुख महोदय रुलिङ गरेर रक्षा मन्त्री ल्याइदिनुपर्‍यो। हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौँ’ उनले भने। यही बेला सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको उनले बताएका हुन्।

    ‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरुलाईमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्’ साम्पाङले भने। सांसद राईले सीमामा नेपाली सेना गएर बस्न नहुने कुन अप्ठ्यारोले हो भन्दै जानकारी पनि मागेका छन्।