चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1090 of 1115
  • 2026-10-14
  • 04:35:37
  • मंगलबार,आश्विन २७, २०८३

About Author

निर्वाचन आयोगविरुद्ध अदालत जान्छौं : अध्यक्ष थापा

काठमाडौँ– राप्रपा नेपाल निर्वाचन आयोगविरुद्ध अदालत जाने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको भएको भन्दै पटक पटक कानुन अनुसार गाई चिन्ह अध्यावधिक गर्न दिएको निवेदन निर्वाचन आयोगले उपेक्षा गरेको आरोप लगाएका छन्। अध्यक्ष थापाले निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशको समेत अवज्ञा गरेको बताउदै न्यायको लागि अदालत जाने बताएका छन्। उनले भनेका छन् कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो। राप्रपा नेपालले पटकपटक गाई चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ। आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ।

News by निर्वाचन आयोगविरुद्ध अदालत जान्छौं : अध्यक्ष थापा :