रुसी सेनाको सङ्ख्या १० प्रतिशत बढाउन राष्ट्रपति पुटिनको आदेश - Chaitanya News
  • 2026-04-21
  • 02:23:49
  • सोमबार,बैशाख ०७, २०८३
  • रुसी सेनाको सङ्ख्या १० प्रतिशत बढाउन राष्ट्रपति पुटिनको आदेश

    रुसी सेनाको सङ्ख्या १० प्रतिशत बढाउन राष्ट्रपति पुटिनको आदेश

    काठमाडौं– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाको सङ्ख्या १० प्रतिशत बढाउन आदेश दिएका छन।

    उनले अर्को महिनाभित्र देशको सशस्त्र बलमा १ लाख ३७ हजार सैन्य कर्मचारी थप गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ। अहिले रुसमा १० लाखभन्दा धेरै सैन्य कर्मचारी छन्। रुसमा सैन्य भर्ती अभियान तीव्र बनेको बेला राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश जारी गरेका हुन।

    रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता ६ महिनाको अवधिमा केही सैनिकले ज्यान गुमाएका छन्। कतिपय घाइते भएका छन्।

    युक्रेनले युद्धमा कडा प्रतिरोध गर्दै आएको छ। थप सैन्य सङ्ख्या स्वयम्सेवकहरू लिएर बढाइन्छ वा भर्ती गरेर भन्ने कुरा स्पष्ट पारिएको छैन। अहिले १८ देखि २७ वर्ष उमेर समूहका रुसी पुरुषलाई सैन्य सेवाको लागि डाकिएको छ। रुसी कानुन अनुसार त्यसरी भर्ती भएकालाई युद्धमा पठाउनुअघि चार महिनाको तालिम दिनुपर्छ।