दाङ– गएरातिदेखि परेको अविरल वर्षाका कारण राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक अवरुद्ध भएको छ।
दाङ–सल्यान सडक खण्ड अन्तगर्त तुलसीपुर–३ साततलेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि गाडी सञ्चालनमा आउन सकेका छैनन्।
बिहानैदेखि गाडी रोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ। पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।