काठमाडौं– आज शुक्रबारबाट देशभर दुई फिल्म प्रदर्शनमा आएका छन्। फिल्म हुन् ‘प्रकाश’ र ‘राधा’ । फ्राइडे रिलिजको परम्परा धान्दै दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो। देशभर एकसाथ प्रदर्शनमा आएका दुबै फिल्म निर्माण पक्षले राम्रो भएको दाबी गर्दै आएको छ। बलिउड फिल्म ‘लाइगर’ बिहिबार लागेको कारण मल्टीप्लेक्सले दुबै फिल्मलाई न्युन शो दिएको छ।
प्रकाश
‘प्रकाश’ मा पछिल्लो समयका स्टार प्रदीप खड्काको मुख्य भुमिका रहेको फिल्म हो। नेपाल लगायत युएई, ओमान, बहराइन कतारलगायतका देशहरुबाटसमेत एकसाथ प्रदर्शनमा आएको फिल्म अग्रिम बुकिङ खुल्ला भएको हो। महेन्द्र अधिकारीले निर्माण गरेका हुन्। गत बुधबार फिल्मको रेर्डकार्पेट प्रिमियर समेत आयोजना भएको थियो। प्रिमियरमा समेत सबैको प्रशंसा पाउन सफल फिल्म दिनेश राउतले निर्देशन गरेका हुन्। शिक्षक बन्ने एक युवाले गर्ने संघर्षको कथामा बनेको यो फिल्ममा मुख्य पात्रका माध्यमबाट बर्षिय विभेदको कुरा पनि उठाइएको छ।
फिल्ममा प्रदीपको अलवा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ। बिकास सुबेदीको लेखन रहेको फिल्म राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ।
महेन्द्र अधिकारी निर्माता रहेको फिल्म आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गरेका हुन्।
‘राधा’
‘सुनगाभा’ फिल्मका निर्देशक सुवर्ण थापाको निर्देशन रहेको फिल्म ‘राधा’को पनि बिहिबार प्रिमियर गरिएको थियो। प्रिमियरमा सुखद प्रतिक्रिया पाएको फिल्ममा सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, दिव्य देव, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सुनील पोखरेल लगायतको अभिनय छ।
आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मण्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएसनमा निर्माण रहेको फिल्ममा बिक्रमदास जोशी सह–निर्माता रहेका छन्। निर्देशक सुवर्णको कथा रहेको फिल्म नरेन्द्र मैनालीले छायांकन गरेका हुन्।