चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 13 of 1115
  • 2026-10-13
  • 16:13:28
  • मंगलबार,आश्विन २७, २०८३

About Author

१३ देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि

काठमाडौँ– विभिन्न १३ देशका लागि सरकारले प्रस्ताव गरेका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ। प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको आज बिहान ११ः१५ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी र उनीहरूले समितिमा पेस गरेका कार्ययोजना सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ। समितिका अनुसार १३ प्रस्तावित राजदूतविरुद्ध कुल सातवटा उजुरी परेका छन्। तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतलाई समेटेर दर्ता भएका छन् भने पाँचवटा उजुरी निश्चित प्रस्तावित व्यक्तिहरूलाई लक्षित गरी परेका छन्। उजुरी तथा प्रस्तावित राजदूतहरूको कार्ययोजनामाथि छलफल गर्दै समितिले संसदीय सुनुवाइको प्रक्रिया अघि बढाउनेछ।

News by १३ देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि :