चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 2 of 1164
  • 2026-11-27
  • 14:44:50
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

काँग्रेस बैठक आज पनि जारी रहने

काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेपछि बैठक आज पनि बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बिहान साढे ८ बजे बैठक बस्न लागेको हो। गत ८ मंसिरदेखि सुरु भएको बैठकमा अहिलेसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन्। बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम अझै जारी रहेकाले छलफललाई निरन्तरता दिन आज पनि बैठक बोलाइएको काँग्रेसले जनाएको छ। केन्द्रीय कार्यसमितिका सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम नसकिएकाले बैठक लम्बिएको पार्टीले जनाएको छ।

News by काँग्रेस बैठक आज पनि जारी रहने :