काठमाडौँ– कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले ओपिडी (बहिरंग) सेवा लिन आउने बिरामीका लागि नाम दर्ता तथा नवीकरणको समय तोकेको छ।
अस्पताल प्रशासन शाखाले शुक्रबार सूचना जारी गर्दै मंसिर १४ गतेदेखि माघ १५ गतेसम्म बिहान ७:३० बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी जाँचका लागि नाम दर्ता तथा नवीकरण गर्न सकिने जानकारी दिएको हो।
अस्पतालका अनुसार उक्त अवधिमा सार्वजनिक बिदाका दिनबाहेक नियमित रूपमा शुल्क काउन्टरबाट नाम दर्ता र नवीकरणको सुविधा उपलब्ध हुनेछ।
निर्धारित समयभित्रै दर्ता तथा नवीकरण गराउन पनि अस्पतालले सेवाग्राहीलाई आग्रह गरेको छ। नयाँ समयतालिकाले अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपिडी सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।