चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 919 of 1166
  • 2026-11-29
  • 14:10:48
  • आइतबार,मंसिर १४, २०८३

About Author

सत्ता गठबन्धनको वैठक बस्दै, मन्त्रिपरिषद् विस्तार टुंगो लगाउने

काठमाडौं - सत्ता गठबन्धनको बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा आज (मंगलबार) दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो । सोही बैठकबाट मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने नेताहरूको तयारी छ । दोस्रो पटक संसद्को विश्वास प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले यही चैत १० गतेसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । तर, मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो । तर, न्यूनतम साझा कार्यक्रमका लागि समय लाग्ने भएकाले पहिले मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

News by सत्ता गठबन्धनको वैठक बस्दै, मन्त्रिपरिषद् विस्तार टुंगो लगाउने :