सत्ता गठबन्धनको वैठक बस्दै, मन्त्रिपरिषद् विस्तार टुंगो लगाउने - Chaitanya News
  • 2026-07-03
  • 10:54:49
  • शुक्रबार,आषाढ १९, २०८३
  • सत्ता गठबन्धनको वैठक बस्दै, मन्त्रिपरिषद् विस्तार टुंगो लगाउने

    सत्ता गठबन्धनको वैठक बस्दै, मन्त्रिपरिषद् विस्तार टुंगो लगाउने

    काठमाडौं – सत्ता गठबन्धनको बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।

    उक्त भेटवार्तामा आज (मंगलबार) दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो । सोही बैठकबाट मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने नेताहरूको तयारी छ । दोस्रो पटक संसद्को विश्वास प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले यही चैत १० गतेसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

    तर, मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो । तर, न्यूनतम साझा कार्यक्रमका लागि समय लाग्ने भएकाले पहिले मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।