प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता - Chaitanya News
  • 2026-07-07
  • 18:31:57
  • मंगलबार,आषाढ २३, २०८३
  • प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

    प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

    काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो।

    सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भईरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता जारी छ।

    प्रधानमन्त्री र सभामुख बीचमा प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल हुने बताईएको छ।