कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक - Chaitanya News
  • 2026-05-21
  • 06:36:32
  • बिहिबार,जेठ ०७, २०८३
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

    कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

    काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार विहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    महामन्त्री गगन थापाका अनुसार बैठकमा मन्त्री छनोट र उपनिर्वाचनबारे छलफल हुने छ । बैठकले तनहुँ १ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने उनले बताए । बारा २ मा पनि उम्मेदवार दिने कि नदिने भन्नेबारे पनि बैठकमा छलफल हुने छ ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनबाट बरा २ मा उम्मेदवार बन्न खोजिरहेका छन् । यादवलाई सहयोग गर्ने वा आफ्नै उम्मेदवार उठाउने भन्नेमा कांग्रेसभित्र अलमल छ ।