चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 66 of 1109
  • 2026-10-08
  • 21:28:56
  • बिहिबार,आश्विन २२, २०८३

About Author

मन्त्रिपरिषद्को निर्णयः व्यक्ति र व्यावसायिक संस्थाका लागि प्याकेज तयार गर्ने जिम्मा अर्थ मन्त्रालयलाई

काठमाडौँ– मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितका लागि सहुलियत र पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता तथा सस्मित पोखरेलले जानकारी दिए। त्यस्तै, बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको छ। ‘भदौ १० गते नेपाल–चीन सिमाना एवं भोटेकोशी नदीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

News by मन्त्रिपरिषद्को निर्णयः व्यक्ति र व्यावसायिक संस्थाका लागि प्याकेज तयार गर्ने जिम्मा अर्थ मन्त्रालयलाई :