चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1052 of 1102
  • 2026-10-05
  • 20:48:17
  • सोमबार,आश्विन १९, २०८३

About Author

महानगरद्वारा टुकुचा खोल्न उत्खनन जारी

काठमाडौं- उच्च अदालत पाटनको अन्तरकालीन आदेशपछि पनि काठमाडौं महानगरपालिकाले टुकुचा (इक्षुमती) खोला उत्खननलाई जारी नै राखेको छ। महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सोमबार बिहानैदेखि पुतलीसडक-हात्तीसार-कमलादी क्षेत्रमा टुकुचा खोला उत्खनन भइरहेको छ। पक्की संरचना नभई खुला क्षेत्र र कम्पाउन्डभित्र मात्रै उत्खनन गरिने उनले बताए। प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्ऽबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन आइतबार अन्तरकालीन आदेश जारी भएको थियो। काठमाडौं महानगरपालिका अनुसार भूमिगत भएको क्षेत्रको सुरुवात बिन्दु नारायणहिटी दरबारको दक्षिणतर्फको कम्पाउन्ड (जय नेपाल हल अगाडि) र अन्तिम बिन्दु पुतलीसडकको काठमाडौं प्लाजा छेउ रहेको छ। महानगरले यसअघि नै टुकुचा भूमिगत भएको सुरुवाती बिन्दु र अन्तिम बिन्दु उत्खनन गरिसकेको छ। यस्तै बीचको अन्य स्थानमा पनि खोला देखिने गरी उत्खनन भइरहेको महानगर प्रहरीले जनाएको छ।

News by महानगरद्वारा टुकुचा खोल्न उत्खनन जारी :