समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै - Chaitanya News
  • 2026-09-13
  • 11:46:55
  • आइतबार,भाद्र २८, २०८३
  • समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै

    समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै

    काठमाडौं- आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि निर्वाचन आयोगले तोकेको समयको आज अन्तिम दिन ठूला दलहरुले बन्दसूची बुझाउँदैछन्।

    आयोगले तोकेको पहिलो दिन हिजो आइतबार दुई दलले मात्रै बन्दसूची बुझाएका थिए। मंसिर ४ मा हुने निर्वाचनका लागि प्रमुख दलहरूले आज बन्दसूची बुझाउने तयारी गरेका छन्। दलहरू बन्दसूचीका लागि आन्तरिक छलफलमा छन्।

    आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आइतबार नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभातर्फको बन्दसूची पेस गरेका छन्।

    त्यस्तै, प्रदेशसभाका लागि प्रदेश नम्बर १ मा किराँत खुम्बुवान साझा पार्टी, वाग्मतीमा तामाङशाली पार्टी र मधेस प्रदेशमा तराई मधेस लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेका अर्यालले जानकारी दिए।