बारका अध्यक्ष भन्छन्- चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटबाटै फर्काउँछौं - Chaitanya News
  • 2026-04-18
  • 02:46:28
  • शुक्रबार,बैशाख ०४, २०८३
  • बारका अध्यक्ष भन्छन्- चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटबाटै फर्काउँछौं

    बारका अध्यक्ष भन्छन्- चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटबाटै फर्काउँछौं

    काठमाडौं- नेपाल बार एसोसियसनको अध्यक्ष गोपालकृष्ण घिमिरे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको नियमित काममा फर्कन नदिने बताएका छन्।

    निलम्बित प्रधानन्यायाधीश जबराले आइतबार सर्वोच्च अदालत प्रशासनलाई फोन गरेर आफू आउन लागेको जानकारी दिएसँगै बारले उनलाई रोक्ने रणनीति लिएको हो।

    ‘चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा आजबाट फर्कने लागेको जानकारी पाएका छौं। तर जबराको निलम्बन फुकुवा भएको छैन। सर्वोच्च फर्कने जानकारी पाएलगत्तै बारको बैठक बसेर उनलाई गेटमा नै रोक लगाउने निर्णय गरेका छौं,’ उनले भने।

    जबराले आफूमाथि छानबिन गरिरहेको संसद गएरातिदेखि सकिएको हुँदा महाअभियोग स्वत: निष्क्रिय भएकाले फर्किन लागेको सर्वोच्च प्रशासनलाई जानकारी गराएका छन्।

    २०७८ फागुन १ गते प्रतिनिधिसभाका ९८ जना सांसदले संविधानको धारा १०१ (२) बमोजिम जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए। फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरिएको थियो। २०७९ भदौ १५ गतेदेखि जबरामाथि बयान सुरु गरिएको थियो।