सहसचिव गणेशप्रसाद भट्टलाई भूमि व्यवस्था मन्त्रालयको प्रवक्ताको जिम्मेवारी - Chaitanya News
  • 2026-10-05
  • 18:32:03
  • सोमबार,आश्विन १९, २०८३
  • सहसचिव गणेशप्रसाद भट्टलाई भूमि व्यवस्था मन्त्रालयको प्रवक्ताको जिम्मेवारी

    सहसचिव गणेशप्रसाद भट्टलाई भूमि व्यवस्था मन्त्रालयको प्रवक्ताको जिम्मेवारी

    काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव गणेशप्रसाद भट्टलाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिएको छ।

    असोज १४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भट्टलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो। मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले असोज १६ गते जारी गरेको पत्रमार्फत उनलाई प्रवक्ताका रूपमा कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको जनाएको छ।

    सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३५ बमोजिम भट्टलाई मन्त्रालयको प्रवक्ता तोकिएको पत्रमा उल्लेख छ। प्रवक्ताका रूपमा उनले मन्त्रालयका निर्णय तथा गतिविधिबारे आधिकारिक सूचना सार्वजनिक गर्ने जिम्मेवारी सम्हाल्नेछन्।